Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


चेल्सीलाई पहिलो खेलमै झड्का, लिभरपुललाई वाट्फोर्डले बराबरीमा रोक्यो


0
Shares

शनिबार राती आफ्नै मैदानमा भएको खेलमा चेल्सीलाई बर्नलेले ३-२ ले हराएको हो ।

खेलको सुरुमै चेल्सीका कप्तान ग्यारी केहिलले रातो कार्ड खाएपछि घरेलु टोली १० जनामा समेटियो ।

यसपछि स्याम भोक्सले दुई तथा स्टेफेन वार्डले एक गोल गर्दै मध्यान्तरसम्म बर्न्लेलाई ३-० को अग्रता दिए ।

दोस्रो हाफमा चेल्सीका अल्भारो मोराटाले एक गोल फर्काउँदै टोलीलाई खेलमा फर्काउने प्रयास गरे ।

तर मिडफिल्डर सेस्क फाब्रिगास दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि चेल्सी ९ जनामा समेटियो ।

यसपछि पनि दबाब बनाएको चेल्सीका डेभिड लुईजले एक गोल गर्दै हार अन्तर कम गरे ।

प्रिमियर लिग फुटबलकै अर्को खेलमा लिभरपुललाई वाट्फोर्डले ३-३ गोलको बराबरीमा रोक्दा एभर्टनले स्टोक सिटीलाई १÷० ले हरायो ।

यसैगरी म्यान्चेस्टर सिटीले प्रिमियर लिगको नवप्रवेशी टोली ब्राईटन एण्ड होभ आल्बियोनलाई २-० ले हराउँदा अर्को नवप्रवेशी टोली हडर्सफिल्ड टाउनले क्रिष्टल प्यालेसलाई ३-० ले पाखा लगायो ।

वेष्ट ब्रोमले बर्नमाउथलाई १-० ले हराउँदा साउथह्याम्पटन र स्वान्सी सिटीले गोलरहित बराबरी खेलेका छन् ।