
शनिबार राती ११ बजेदेखि राप्ती नदीको बाँध नाघेर सौराहामा बाढी पसेको हो ।
बाढी पस्न सुरु गरेपछि सौराहाका अधिकांस होटल तथा रेस्टुरेन्ट डुबेको क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए ।
डुवानमा परेका होटलमा रहेका पर्यटकलाई माथिल्ला कोठाहरुमा राखिएको छ ।
यस्तै बाढीले खैरहनी बजार, रत्ननगरको बन्सी क्षेत्र पनि डुबानमा परेको छ । पूर्वी चितवनमा राप्तीको सतह बढ्दै गएकाले त्यस स्थानका बासिन्दालाई सर्तक रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
यस्तै राप्तीको बाढीले पश्चिम चितवनको घैलाघारी, सिमलढापका वस्ती पनि डुबानमा परेका छन् ।
त्यस्तै वनकट्टा, भैरवपुर, चन्द्रपुरीका २० घर बाढीको जोखिममा परेको र उद्धारका लागि आग्रह गरिएको जिल्ला समन्वय समिति चितवनका सूचना अधिकारी बलराम लुईटेलले जानकारी दिए ।
राप्ती नदीको सतह अहिले ५ मिटरभन्दा माथि पुगेको छ । यस्तै चितवनको माडीलाई समेत प्रभावित बनाएको छ ।
यहाँका २ सयभन्दा बढी घर डुबानमा परेका छन् । यस्तै नारायणी नदीको सतह पनि बढ्दै गएको छ ।
नारायणी नदीको सतह ६ मिटर पुगेको छ । जताततै बाढी र डुवान पछि स्थानीय प्रशासनले आज एक दिनका लागि जिल्लाका सबै शिक्षण संस्था बन्द गर्न निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्