२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


पल्सर स्पोर्टस् अवार्डः पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक


0
Shares

फुटबलका सुजल श्रेष्ठ, क्रिकेटका दीपेन्द्रसिंह ऐरी, पौडीकी गौरिका सिंह, जुडोकी फूपुल्हामु खत्री र एथ्लेटिक्सकी कान्छीमाया कोजु मनोनयनमा परेका छन् ।

गत वर्ष प्राप्त गरेको उपलब्धि र चर्चाको आधारमा पिपुल्स च्वाइस अवार्डका लागि खेलाडी मनोनयन गरेको नेपाल खेलकुद पत्रकार मञ्चले बताएको छ ।

फेसबुक लाइक र एसएमएस भोटिङका आधारमा पिपुल्स च्वाइस अवार्डको विजेता घोषणा गरिनेछ ।

आगामी भदौ २५ गते राति १२ बजेसम्म चल्ने फेसबुक र एसएमएस भोटिङ सोमबारै (आज)बाट खुला गरिएको जनाइएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चले यसअघि नै आगामी भदौ २६ गते पल्सर स्पोर्टस् अवार्ड २०७३ आयोजना गर्ने घोषणा गरिसकेको छ ।