
मंगलवार राति करिव १० बजे फुङलिङ नगरपालिका ४ का स्थानीय १७ बर्षीय प्रितम गुरुङलाई सोही स्थानका २१ बर्षीय राजा लिम्बूले छुरा प्रहार गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले वताएको छ ।
घाइते गुरुङको ताप्लेजुङमा उपचार हुन नसके पछि रातिनै विर्तामोडको वि एण्ड सि अस्पतालमा रेफर गरिएको थियो ।
पेटमा छुरा प्रहार भएकाले ठुलो आन्द्रामा समस्या भएको उपचारमा संलग्न चिकित्सकको भनाई छ ।
छुरा प्रहार गर्ने राजा लिम्बू फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्