२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


१२ फिट अग्लो भीमसेनको मूर्ति अनावरण


0
Shares

यो नै भीमसेनको अहिलेसम्मको ठूलो मूर्ति भएको दाबी मूर्ति निर्माण समितिले गरेको छ ।

निर्माणमा करिब एक करोड रुपैयाँ लागेको भनिएको मूर्तिको बुधबार शिक्षामन्त्री गोपालमान श्रेष्ठले अनावरण गरे ।

मूर्ति निर्माणको खर्च अहिलेसम्म दानबाट जुटाइएको पनि निर्माण पक्षले बताएको छ ।

मूर्ति अनावरणकाक्रममा मन्त्री श्रेष्ठले सरकारबाट सक्दो सहयोग उपलब्ध गराउने आश्वासन दिए ।