Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


जापानमा नेपालको पहिलो जित


0
Shares

जापानमा बुधबार भएको मैत्रीपूर्ण खेलमा नेपालले विश्वविद्यालयलाई २–१ गोलअन्तरले पराजित गर्दै पहिलो जित दर्ता गराएको हो ।

यसअघि, आइतबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाली टोलीले जापानको गाम्बा ओसाका २३ वर्षमुनि (यु–२३ ) टोलीसँग १–१ गोलको बराबरी खेलेको थियो ।

नेपालको जितमा विमल घर्तीमगर र सुमन लामाले गोल गरे । विमलले खेलको पहिलो हाफको १२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

जापानका खेलाडीले खेलको २५औं मिनेटमा एक गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यस्तै, सुमनले खेलको दोस्रो हाफको अतिरिक्त समय (९० प्लस १ )मा गरेको एक गोल नै नेपालका लागि निर्णायक गोल सावित भयो ।

नेपालले जापान भ्रमणमा विभिन्न पाँच मैत्रीपूर्ण खेल खेल्नेछ । जसअन्तर्गत् नेपालले बिहीबार आफ्नो तेस्रो खेलमा अमिटिज स्पोर्ट्स् क्लबसँग खेल्नेछ । रासस