Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


रियाललाई स्पेनिस सुपर कपको उपाधि, बार्सिलोना पराजित


0
Shares

बार्सिलोना विरुद्ध बुधबार राति भएको दोस्रो लेगको खेल २-० ले जित्दै रियाल मड्रिडले समग्रमा प्रतियोगिता ५-१ ले आफ्नो पक्षमा पारेको हो ।

यसअघि पहिलो लेगको खेलमा रियाल मड्रिड ३-१ ले विजयी भएको थियो ।

उक्त खेलमा रातो कार्ड खाएर पाँच खेलका लागि प्रतिबन्धित स्टार खेलाडी क्रिश्चियानो रोनाल्डो बुधबारको खेलमा सहभागि थिएनन् ।

चीर प्रतिद्वन्द्वी बार्सिलोनाविरुद्धको खेलमा रोनाल्डो बिनै मैदानमा उत्रिएको रियाल मड्रिडलाई विजयी गराउन मार्को एसेन्सियो र करिम बेन्जमाले एक–एक गोल गरे ।

जितसँगै रियाल मड्रिडले नयाँ सिजनको स्पेनिस फुटबलमा ताजा दावेदारी दिएको छ । नयाँ सिजनको स्पेनिस ला लिगा फुटबल यही हप्ता सुरु हुँदैछ ।