प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान गरी दक्षिण एसियाका ६ राष्ट्रहरुले प्रतिस्पर्धा गर्नेछन् ।
सहभागी राष्ट्रहरुलाई दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा भारत र माल्दिभ्ससँगै नेपाल समूह ‘बी’मा रहेको छ । यस्तै, समूह ‘ए’मा बंगलादेश, श्रीलंका र भुटान रहेका छन् ।
समूहमा शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार बंगलादेशले श्रीलंकाको सामना गर्नेछ ।
खेलको पूर्वसन्ध्यामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै दुबै देशका प्रशिक्षकले आफ्नो टोली जितका लागि मैदान उत्रने बताएका छन् ।
आयोजक नेपालले आफ्नो पहिलो खेलमा आगामी सोमबार माल्दिभ्ससँग खेल्नेछ ।
नेपाली टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले प्रतियोगिताको उपाधि जित्नु नै आफ्नो टोलीको प्रमुख लक्ष्य रहेको बताए ।
उनले प्रतियोगितामा भारत बलियो रहेपनि आफ्नो टोली उसलाई चुनौती दिन तयार रहेको दाबी गरे ।





प्रतिक्रिया दिनुहोस्