Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


रामोसलाई पराजित गर्दै नाडाल क्वाटरफाइनलमा प्रवेश


0
Shares

आफ्नै देशका अल्बर्ट रामोसलाई हराउँदै नाडालले क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन् । नाडालले रामोसलाई ७–६ र ६–२ को सेटमा हराएका हुन् ।

दुवै खेलाडीले बार्सिलोनामा भएको आतंककारी आक्रमणमा ज्यान गुमाएका र घाइते भएकाको सम्झनामा कालो रिबन बाँधेर खेलेका थिए ।

क्वाटरफाइनलमा नाडालले अस्ट्रेलियाका निक कियग्रिओससँग खेल्ने छन् । निकले क्रोएसियाका इभो कार्लोभिकलाई हराएर क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।