१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


माल्दिभ्सको पोष्टमा नेपालको ६ गोल, नेपाल सेमिफाइनलमा प्रवेश


0
Shares

प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा माल्दिभ्स बिरुद्ध ६–० को फराकिलो जित निकाल्दै नेपाल सेमिफाइनल प्रबेश गरेको हो ।

सातदोबाटोस्थित एन्फा कमप्लेक्सको कृतिम मैदानमा भएको खेलमा नेपाललाई सहज जित दिलाउन आकाश बुढामगर र बृजेश चौधरीले २–२ गोल गर्दा दर्शन गुरुङ्ग र रोशन राना मगरले एक एक गोल गरे ।

खेलको अन्त्यतिर रोशन दोङले दोहोरो पहलो कार्ड खाँदै मैदान छाडेसँगै नेपाल १० खेलाडी सिमित बनेको थियो ।

तिन टोली सम्मिलत समूह बी मा दुई वटै खेल गुमाएसँगै माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा माल्दिभ्स भारतसँग ९÷० ले पराजित भएको थियो ।

समुह बि को अन्तिम खेलमा आगामी बुधबार सेमिफाइनल प्रबेश गरी सकेका नेपाल र भारत भिड्ने छन् ।

यता, समूह ए बाट भुटान र बंगलादेश समूहको अन्तिम खेलमा आपसमा भिड्नुअघि नै सेमिफाइनलमा पुगेका छन् ।

लगातार दोस्रो खेलमा पराजित हुँदै श्रीलंका बाहिरिएपछि भुटान र बंगलादेश सेमिफाइनलमा पुगेका हुन् ।