टेन्डीविरुद्ध झन्डै तीन वर्षअघिदेखि फौजदारी मुद्दा चलिरहेका कारण भन्सार कार्यालयबाट प्राप्त पत्रका आधारमा राखेपका अध्यक्षसमेत रहेका मन्त्री केसीले यस्तो निर्देशन दिएका हुन् ।
मन्त्री केसीले मंगलबार हामीसित भन्सार कार्यालयले नै फौजदारी मुद्दा लागेका शेर्पाबारे अनुरोधपत्र पठाएपछि सोही आधारमा मुद्दाको छिनोफानो नभएसम्म खेलकुदको कुनैपनि काम नगर्नू/नगराउनू भनी निर्देशन दिएको बताए ।
२०७१ साल चैत १४ गते भन्सार छलेर झन्डै २५ तोला सुन हङकङबाट ल्याउँदै गर्दा शेर्पा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । तत्काल उनी १३ लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।
मन्त्री केसीले आफूलाई चित्त नबुझे शेर्पा अदातलको ढोका ढक्ढक्याउन जानसक्ने सुझाव पनि दिए ।
नेकपा एमालेको भातृसंगठन नेपाल खेलकुद महासंघका महासचिवसमेत रहेका शेर्पा नेपाल ओलम्पिक कमिटीका महासचिवसँगै नेपाल बास्केटबल संघका अध्यक्ष पनि हुन् ।





प्रतिक्रिया दिनुहोस्