Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


नेपाली राष्ट्रिय भलिबल टोलीले डेनर्माकको भिडओभ क्लबलाई हरायो


0
Shares

नेपाल र डेनमार्कबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको उपलक्ष्यमा राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आयोजना र नेपाल भलिबल संघले संयोजन गरेको खेलमा नेपाल विजयी भएको हो ।

शनिबार लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलको पहिलो सेट डेनिस टोलीले २१–१७ ले आफ्नो पक्षमा पार्‍यो । पहिलो सेट गुमाएको नेपालले दोस्रो सेट २५–१५ ले जित्दै खेलमा पुनरागमन गर्‍यो ।

बराबरी भएको खेलमा त्यसपछिको दुवै सेट समान २५–२३ ले जित्दै नेपालले खेल आफ्नो पक्षमा पारेको हो ।

खेल आयोजना गर्न डेनमार्कस्थित नेपाली दूतावास, गैरआवासीय नेपाली संघ, नेपाली जनसम्पर्क समिति र प्रवासी नेपाली संघजस्ता संस्थाहरुको महत्वपूर्ण भूमिका रहेको थियो ।