उपाधि भिडन्तमा आयोजक नेपाललाई २–१ ले पराजित गर्दै भारतले उपाधि जितेको हो ।
आइतबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा अधिकांश समय बल नियन्त्रणमा लिएको नेपालले खेलको ४१औं मिनेटमा गोल गर्दै प्रारम्भिक अग्रता लिएको थियो ।
पेनाल्टीलाई सदुपयोग गर्दै बिर्जेश चौधरीले नेपाललाई अग्रता दिलाएका थिए ।
तर, मध्यान्तरपछि लगातार २ गोल गर्दैै खेल भारतले जितेको हो । नेपालले ५९औं र ७४औं मिनेटमा गोल खाएको हो । नेपालले गोल गर्ने आधादर्जन अवसर खेरफाल्यो ।
यसअघि, समूह चरणको खेलमा पनि भारतले नेपाललाई २–१ ले हराएको थियो ।
दक्षिण एसियाका ६ टोलीले सहभागिता जनाएको प्रतियोगितामा भुटानलाई पराजित गर्दै तेस्रो स्थान ओगटेको बंगलादेशले ‘फेयर प्ले’कोसमेत उपाधि जितेको छ ।
फाइनल खेलमा निर्णायक गोल गरेका भारतीय कप्तान विक्रमप्रताप सिंह प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भए ।
भिडियो हेर्नुहोस्





प्रतिक्रिया दिनुहोस्