भदौ २६ गते राजधानीमा हुने अवार्डका लागि साहस र मञ्चबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार साहसले तीन लाख रुपैयाँ बराबरको सहयोग गर्नेछ ।
साहसले सोबापत ट्रयाकसुट र टिसर्ट उपलब्ध गराउनेछ । आयोजक मञ्चले अवार्डको तयारी तीव्र भइरहेको जनाएको छ ।
अवार्डमा उत्कृष्ट खेलाडी महिला तथा पुरुष, उत्कृष्ट युवा खेलाडी, वर्षका प्रशिक्षक, पिपुल्स च्वाइस, पारा एथ्लिट र लाइफटाइम अचिभमेन्ट विधाका खेलाडी, प्रशिक्षक तथा खेलकर्मीलाई पुरस्कृत गरिनेछ ।
अघिल्लो वर्ष गरेको प्रदर्शनका आधारमा यस वर्ष उत्कृष्ट खेलाडी तथा प्रशिक्षकहरु छनोट गरिने आयोजकको भनाइ छ ।
पिपुल्स च्वाइस अवार्डका लागि एसएमएस भोटिङ खुला भइसकेको छ भने महिला पुरुष, युवा र प्रशिक्षकको मनोनयन केही दिनमै सार्वजनिक गरिने मञ्चका सचिव राजु घिसिङले जानकारी दिए ।
चार विधाका विजेतालाई मोटरसाइकल प्रदान गरिनेछ । त्यस्तै, अरु विधाका विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।





प्रतिक्रिया दिनुहोस्