दोस्रो चरणको खेलमा हंगेरीकी टिमिया बाबोसलाई हराउँदै सारापोभा तेस्रो चरणमा उक्लिएकी हुन् ।
बाबोस विरुद्धको पहिलो सेट ७÷६ ले गुमाएकी सारापोभाले यसपछिका दुई सेट ६-४ र ६-१ ले जित्दै खेल आफ्नो पक्षमा पारेकी हुन् ।
महिला एकलकै अर्को खेलमा फ्रान्सकी ओसीयाने डोडिनलाई ७-५ र ६-४ ले हराउँदै अमेरिकाकी भेनस विलियम्स पनि तेस्रो चरणमा पुगेकी छन् ।
यसैगरी चीनकी डुआनलाई हराउँदै स्पेनकी गार्बिने मुगुरुजा तथा क्रोएसियाकी लुसिच बारोनीलाई हराउँदै स्पेनकी सुवारेज नाभारो पनि तेस्रो चरणमा पुगेका छन् ।
यु.एस ओपनको पुरुष एकलतर्फ फ्रान्सका जो विल्फ्रेड सोङ्गालाई हराउँदै क्यानाडाका डेनिस सापोभालोभ तेस्रो चरणमा पुगेका छन् ।
सोङ्गा विरुद्धको खेल सापोभालोभले ६-४, ६-४ र ७-६ को सोझो सेटमा जिते ।
यसैगरी कोरियाका छुङलाई हराउँदै अमेरिकाका जोन ईस्नर, क्रोएसियाका बोर्ना कोरीचलाई हराउँदै जर्मनीका अलेक्जेन्डर भेरेभ, ईजरेलका डुडी सेलालाई हराउँदै अमेरिकाका साम क्वेरे तथा अर्जेन्टिनाका लियोनार्दो मेयरलाई हराउँदै फ्रान्सका रिचार्ड ग्यास्के पनि तेस्रो चरणमा प्रवेश गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्