Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


जापान विश्वकपका लागि छानियो, ब्राजिल विजयी, उरुग्वे र अर्जेन्टिनाले खेले बराबरी


0
Shares

बिहीबार राति आफ्नै मैदानमा भएको खेलमा टाकुमा आसानो र युसुके इदेगुचीले एक–एक गोल गर्दै जापानलाई विश्वकपमा छानिने एसियाको दोस्रो टोली बनाएका हु्न् ।

एसियाली समूहकै अरु छनोट खेलहरुमा चीनले उज्वेकिस्तानलाई १–० ले, सिरियाले कतारलाई ३–१ ले तथा इराकले साउदी अरबलाई २–१ ले हराएका छन् ।

समूह ‘बी’बाट जापान विश्वकपमा छानिँदा साउदी अरब र अष्ट्रेलियामध्ये थप एक टोली सीधै विश्वकपमा पुग्नेछ भने एक टोलीले प्लेअफ्को अवसर पाउनेछ ।

यसअघि नै विश्वकपमा ठाउँ बनाइसकेको इरानले बिहीबार राति दक्षिण कोरियासँग गोलरहित बराबरीमा चित्त बुझायो ।

यो बराबरीपछि समूह ‘ए’बाट दक्षिण कोरियाको विश्वकप यात्रा भने समूहको अन्तिम खेलपछिमात्रै टुंगो लाग्ने भएको छ ।

इरानको समूहमा रहेका दक्षिण कोरिया, उज्वेकिस्तान र सिरियामध्ये एक टोली विश्वपमा पुग्नेछ ।

ब्राजिल विजयी
विश्वकप छनोटअन्तर्गत् शुक्रबार बिहान भएको दक्षिण अमेरिकी समूहको खेलमा ब्राजिलले इक्वेडरलाई २–० ले हराउँदा पाराग्वेले चिलीलाई ३–० ले पराजित गरेको छ ।

दक्षिण अमेरिकी समूहकै अरु खेलहरुमा उरुग्वे र अर्जेन्टिना तथा भेनेजुएला र कोलम्बियाले गोलरहित बराबरी खेलेका छन् ।

अफ्रिकी समूहको खेलमा गिनियाले लिबियालाई ३–२ ले तथा युगान्डाले इजिप्टलाई १–० ले हराएका छन् ।