Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


जर्जप्रिन्स ‘इन’, अनिल ‘आउट’


0
Shares

नेपालले आगामी मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा ताजिकिस्तानसँग खेल्दैछ ।

शनिबार घोषित २३ सदस्यीय टोलीमा त्रिभुवन आर्मी क्लबका जर्जप्रिन्स कार्की पहिलोपटक राष्ट्रिय टिममा अटेका छन् भने घाइते भइ मैदानबाट टाढिएका आदित्य चौधरीको पुनरागमन भएको छ ।

२३ सदस्यीय नेपाली टोलीमा गोलकिपरमा किरण चेम्जोङ, विशाल श्रेष्ठ र विकेश कुथु तथा डिफेन्डरमा आदित्य चौधरीसँगै विराज महर्जन, देवेन्द्र तामाङ, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की र कमल श्रेष्ठ रहेका छन् ।

मिडफिल्डरमा सुनील बल, हेमन गुरुङ, रोहित चन्द, सुमन लामा, अन्जन बिष्ट, विक्रम लामा, विशाल राई, हेमन्त थापामगर र सुजल श्रेष्ठ रहेका छन् ।

त्यस्तै, फरवार्डमा जर्ज प्रिन्ससँगै विमल घर्तीमगर, नवयुग श्रेष्ठ र भरत खवास रहेका छन् ।

मुख्य प्रशिक्षक ग्योतोकु कोजीले छनोट गरेको टिममा पाका खेलाडी अनिल गुरुङ भने पर्न सकेनन् ।

समूहको पहिलो खेलमा फिलिपिन्ससँग ४–१ को हार व्यहोरेको नेपालले घरेलु मैदानमा यमनसँग भने गोलरहित बराबरी खेलेको थियो ।

अंकविहीन ताजिकिस्तानलाई पराजित गरे पनि नेपालको अर्को चरणको सम्भावना भने कम छ ।

शीर्ष स्थानको फिलिपिन्सको ६, यमनको ४ र नेपालको १ अंक छ भने ताजिकिस्तान अंकविहीन छ ।