Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


लिच्टेन्सटाईन विरुद्ध स्पेनको ८ गोल, स्पेन, ईटाली, वेल्स र सर्विया विजयी


0
Shares

समूह जी को खेलमा स्पेनले लिच्टेन्सटाईनलाई ८-० को फराकिलो अन्तरमा हरायो । स्पेनका लागि अल्भारो मोराटा र ईयागो आसपासले दुईदुई गोल गरेका थिए ।

जितसँगै स्पेनले समुहमा दुई खेल बाँकी छँदा दोस्रो स्थानको ईटालीसँगको ३ अंकको अग्रता कायमै राखेको छ । राति भएको खेलमा ईटालीले ईजरेललाई १-० ले हरायो ।

विश्वकप छनोटअन्तर्गत समूह डी को खेलमा वेल्सले माल्दोभालाई २–० ले हराउँदा सर्वियाले रिपब्लिक अफ आयरल्याण्डमाथि १÷० को जित निकालेको छ ।

यो समुहमा पनि २ खेल खेल्न बाँकी छँदा १८ अंकको साथ सर्विया शीर्ष स्थानमा छ भने दोस्रो स्थानको वेल्सको १४ अंक रहेको छ ।

विश्वकप छनोटअन्तर्गत मंगलबार राति नै भएका अन्य खेलमा आईसल्याण्डले युक्रेनलाई २-० ले तथा टर्कीले क्रोएसियालाई १-० ले हराएका छन् ।