ज्येष्ठ ब्याडमिन्टन एकेडेमीले आयोजना गरेको प्रतियोगितामा १२ जिल्ला र ८ क्लबका गरी २१९ खेलाडीले विभिन्न ८ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।
पुरुष/महिला एकल, १७ वर्षमुनिको दुवै एकल स्पर्धा, पुरुष युगल, मिश्रित युगल, भेट्रान ३५ वर्षमाथि र भेट्रान ४५ वर्षमाथि गरी हुने प्रतिस्पर्धाका विजेतालाई तीन लाख २८ हजार रुपैयाँ पुरस्कार राशी रहेको प्रतियोगिता संयोजक सुदीप योञ्जनले जानकारी दिए ।
पुरुष एकलमा नेपाली सेनाका रत्नजीत तामाङ तथा महिलामा नङसलदेवी तामाङ साविक विजेता हुन् ।
प्रतियोगिता आगामी शनिबारसम्म चल्नेछ ।









प्रतिक्रिया दिनुहोस्