Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


एसीसी यू-१९ क्रिकेटमा नेपाल र भुटान मैदानमा


0
Shares

भुटानले टस जितेर ब्याटिङ शुरु गरेको छ । कमजोर प्रतिद्वन्द्वी भुटान विरुद्धको खेलमा सहज जित निकाल्ने नेपालको लक्ष्य हुनेछ ।

आजको खेलमा नेपाललाई प्रतिद्वन्द्वीबाट भन्दा पनि वर्षाले बढी चुनौती दिनसक्ने अनुमान गरिएको छ ।

मलेसियामा हरेक दिनजसो वर्षा भईरहेको छ । नेपालले समूह ए को अन्तिम खेलमा भोलि सिंगापुरसँग खेल्नेछ ।

यसअघि समुहको पहिलो खेलमा थाइल्यान्डलाई २ सय ५५ रनले हराउँदै नेपालले प्रतियोगितामा शानदार सुरुवात गरेको थियो ।

८ राष्ट्र सहभागी एसीसी युथ नाईन्टिन क्रिकेट पुर्वी क्षेत्रको छनोटको समुह ए मा नेपालसँगै थाईल्याण्ड, भुटान र सिंगापुर तथा समूह बी मा आयोजक मलेसियासँगै हङकङ, चीन र म्यानमार रहेका छन् ।

प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी नोभेम्बरमा मलेसियामै हुने युथ एसिया कप क्रिकेटमा एसियाका टेष्ट मान्यता प्राप्त राष्ट्रका युथ टोलीसँग खेल्ने मौका पाउनेछन् ।