Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


एन्फाले थ्रीस्टारलाई क्षतिपूर्तिस्वरुप डेढ करोड दिने, ‘ए’ डिभिजन लिगमा १६ टोली


0
Shares

एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको एन्फाको केन्द्रीय समितिको बैठकले करिब १० महिनापछि थ्रीस्टारलाई उक्त रकम औपचारिकरुपमा दिने निर्णय गरेको हो ।

थ्रीस्टारले गत वर्ष एन्फाको लापरबाहीका कारण एएफसी कपको दोस्रो चरणको खेल खेल्न पाएको थिएन ।

उक्त खेल खेल्न नपाएपछि थ्रीस्टारले रु ६ करोड क्षतिपूर्तिसहित दोषीमाथि कारबाहीको माग गरेको थियो ।

उक्त निर्णय आगामी असोज २३ गते हुने एन्फाको विशेष साधारणसभाबाट अनुमोदनका लागि प्रस्तुत् गरेपछिमात्र कार्यान्वयन प्रक्रिया अघि बढ्ने एन्फाले जनाएको छ ।

बैठकले ‘ए’ डिभिजन क्लबका १२ टोली र २०७२ सालमा राष्ट्रिय लिग खेलेका मोफसलका चार क्लबलाई समेटेर १६ टोलीलाई ‘ए’ डिभिजन लिग खेलाउने निर्णय गरेको छ ।

बिहीबारैको बैठकले साफ १५ वर्षमुनिको (यु–१५) च्याम्पियनसिपमा दोस्रो स्थान हासिल गरेको नेपाली टोलीका प्रत्येक खेलाडी, प्रशिक्षक र फिजियोथेरापिस्टलाई जनही रु २५ हजार पुरस्कारस्वरुप दिने निर्णय गरेको छ ।

घरेलु मैदानमा नै भएको उक्त प्रतियोगितामा नेपाल फाइनल खेलमा भारतसँग पराजित हुँदै दोस्रो बनेको थियो । रासस