कास्की जिल्ला टेनिस संघको आयोजनामा भएको प्रतियोगिताका अधिकांश इभेन्टहरुको उपाधिमा भारतीय खेलाडीहरुले कब्जा जमाएका हुन् ।
प्रतियोगिताको मुख्य इभेन्टकारुपमा हेरिएको ३५ वर्षमाथिको एकल उपाधि भने नेपाली खेलाडी कमलबहादुर भण्डारीले जितेका छन् ।
पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनलमा भारतका कमलेश शुक्लालाई ६–४ र ६–२ को सोझो सेटमा पराजित गर्दै कमलले उपाधि रक्षा गरेका हुन् ।
५५ वर्षमाथिको एकल उपाधि भारतका मनोजशम्शेरले जिते । उनले भारतकै प्रदीपकुमार गुप्तालाई ६–३, १–६ र ६–४ ले पराजित गरे ।
४५ वर्षमाथिको एकल, ३५ वर्षमाथिको डबल्स र ४५ वर्षमाथिको डबल्सको उपाधि पनि भारतले जितेको छ ।
प्रतियोगिताका विजेता खेलाडीहरुले आइटीएफमा ४० अंक जोड्न सफल भए । त्यसैगरी, उपविजेताले २०, सेमिफाइनलिस्टले १० तथा क्वार्टरफाइनलिस्टहरुले ५ अंक जोड्न सफल भए ।
प्रतियोगिताअन्तर्गत् सर्किट टुका खेलहरु सोमबारदेखि पोखरा रंगशालामा हुनेछन् ।









प्रतिक्रिया दिनुहोस्