१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


अवैध सामानसहित दुईजना पक्राउ


0
Shares

बासुदेव बर्मा

कपिलवस्तु पुस ३० । भन्सार छलेर नेपाल ल्याइएका सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी गस्ती तथा चेकजाँचमा क्रममा करिब चौध लाख रुपैयाँ बराबरको समान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

मायादेवी गाउँपालिका–२, पकडी चोक नजिकै भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ३ सय ६० वटा कम्बल बरामद गरिएको छ । लु१स २९८४ नम्बरको अटो रिक्सामा ल्याउँदै गरको १ लाख ८ हजार रुपैयाँ बराबरको कम्बल बरामद गरिएको प्रहरीले जनाएको छ ।

उक्त सामान ल्याउन प्रयोग गरिएको १० लाख रुपैयाँ बराबरको अटो रिक्सा पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

कम्बलसँगै कपिलबस्तु शुद्धोधन गाउँपालिका–१ बस्ने बर्ष २२ को राम केवट र मायादेवी गाउँपालिका–५ बलुहवा बस्ने बर्ष २२ का सुभास चौधरी पक्राउ परेका छन् ।

कृष्णननगर नगरपालिका–६ भिल्मिबाट सोमबार बिहान भन्सार छली अवैधरुपमा नेपाल भित्र्याएको २ ओटा साईकल र कपडा बरामद गरिएको छ ।

प्रहरी चौकी भिल्मीबाट खटिएको गस्ती टोलीले बाक्लो सल १८ थान, ज्याकेट १२ थान, लेडिज स्विटर ५९ थान बरामद गरेको छ ।

बरामद समाग्री कुल ५० हजार रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।

बरामद समाग्री भन्सार कार्यालय पठाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

यस्तै ईलाका प्रहरी कार्यालय महाराजगंजले औराहा चोकमा बिना स्टिकरको पराग गुट्खा बरामद गरेको छ । लु११प ८८६७ र लु१८प २३९८ नं.को मोटरसाइकलमा लोड गरी ल्याउँदै गर्दा ८ बोरा पराग गुटखासहित मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ । अन्दाजी १ लाख  ५० हजार रुपैयाँ बराबरको गुटखा र २ लाख पर्ने मोटरसाइकल बरामद गरिएको ईलाका प्रहरी कार्यालय महाराजगंजले जनाएको छ ।