Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


नेपाल इराकसँग पराजित


0
Shares

बुधबार सशस्त्र प्रहरीको मुख्यालय हलचोक मैदानमा भएको खेलमा नेपाल १–० ले पराजित भएको हो ।

मध्यान्तरसम्म गोलरहित बराबरी खेलेको नेपाल ६८औं मिनेटमा गोल खाँदै पराजित भएको हो ।

समूह ‘डी’मा इराक बलियो टिम मानिन्छ । छनोटमा नेपाल र इराकसहित भारत र प्यालेस्टाइन रहेका छन् ।

यसअघि, बुधबार भएको उद्घाटन खेलमा भारतले प्यालेस्टाइनलाई ३–० ले हरायो ।

समूहको शीर्ष स्थानमा रहने टोली एएफसी यु–१६ च्याम्पियनसिपमा छनोट हुनेछ ।

नेपालको दोस्रो भिडन्त भारतसँग शुक्रबार हुनेछ । सोही दिन इराक र प्यालेस्टाइन भिड्नेछन् ।