बुधबार भएको खेलमा नेपाल १–० ले पराजित भएको हो । खेलको अन्तिम समयमा नेपाली खेलाडीले डी बक्सभित्र बललाई हातले छोएपछि पाएको पेनाल्टीलाई भुटानले सदुपयोग गर्दै गोलमा परिणत गरेको हो ।
प्रतियोगितामा भुटानले लगातार दोस्रो जित हासिल गरेको छ । भुटानले पहिलो खेलमा माल्दिभ्सलाई १–० ले नै पराजित गरेको थियो ।
प्रतियोगितामा नेपाल र भुटानसँगै बंगलादेश, भारत र माल्दिभ्स रहेका छन् ।
‘राउन्ड रोबिन’ लिगका आधारमा हुने प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
नेपालको दोस्रो भिडन्त शुक्रबार माल्दिभ्ससँग हुनेछ ।





















प्रतिक्रिया दिनुहोस्