
अछाम, असार १७ । जनता वहुमुखी क्याम्पसका प्राध्यापक झनकराज जैशीले श्रीमतीलाई टाउकोमा चिर्पटले हानेर घाईते बनाएका छन् ।
मंगलसेन नगरपालिका–७ बस्ने प्राध्यापक जैशीले ३५ वर्षीया श्रीमतीलाई चिर्पटले हानेर घाईते बनाएका छन् । छोरीको जन्मदिन मनाउने क्रममा सामान्य विवाद हुँदा जैशीले श्रीमती निर्मलालाई चिर्पटले हानेर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक रुकेश तण्डुकारले जानकारी दिए ।
प्राध्यापक जैशीलाई जिल्ला प्रहरी कार्यालय अछामले नियन्त्रणमा लिएको छ ।
घाईते जैशीको टाउकोमा तीन टाँका लागेको प्रहरी नायव उपरीक्षक तण्डुकारले जानकारी दिए । घाईतेको जिल्ला अस्पताल मंगलसेनमा उपचार भईरहेको छ ।
घाईते जैशीका माईती पक्षले प्राध्यापक जैशीलाई कारवाहीको माग गरेका छन् ।
जैशीका दुईवटा श्रीमती छन् । घाईते निर्मलाको अवस्था भने अहिले सामान्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस्