Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


सुनको भाउ ३०० ले बढ्यो


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर तोलाको ५६ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलाको ५६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको ७६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

शुक्रबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १३ सय डलर हाराहारीमा कारोबार भएको थियो ।