स्थानीय व्यापारी वाङदेल तामाङले विभिन्न स्थानमा रहेका डेरी उद्योगबाट उत्पादित छुर्पी राँकेबजारमा संकलन गरेर अमेरिकातर्पm निकासी गर्दै आएको बताए ।
छुर्पी संकलन गरेर ग्रेडिङ गर्ने, मिलाउने र छान्नेलगायतका काम गर्दै आएका सन्जय लिम्बूले इलामका चमैता, एकतप्पा, फुएतप्पा, साँखेजुङ, पुवामझुवा, फाकफोक, आमचोक र पाँचथरका चिलिङ्देन, पन्चमी, फाक्तेपलगायतका अधिकांश गाउँबाट छुर्पी संकलन गरेर अमेरिकातर्फ निर्यात हुँदै आएको बताउँछन् ।
स्थानीयस्तरमा प्रतिकिलो रु ७५० देखि रु ९०० सम्ममा छुर्पी खरिद गर्ने गरेको बताउँदै वाङ्देलले भने, ‘राँके बजार र बिर्तामोडस्थित संकलनस्थलमा जम्मा भएका छुर्पी काठमाडौं पठाउने गरेको र त्यहाँबाट अर्को व्यापारीमार्फत यसलाई अमेरिका पठाउने गरेका छन् ।’
यहाँबाट लगिएको छुर्पी ग्रेडिङ र प्याकेजिङ गरेपछि प्रतिकिलो रु १३०० देखि रु १५०० सम्ममा बिक्री हुने गरेको छ । राँके बजारमा मासिक रु ८० लाख मूल्य बराबरका छुर्पी संकलन हुने गरेका छन् ।
अमेरिकातर्फ निर्यात गरिएका छुर्पी त्यहाँका कुकुरलाई ख्वाइन्छ, वाङ्देलले भने, ‘हामीले यहाँबाट पठाएको छुर्पी सबै कुकुरका लागि हो ।’ रासस









प्रतिक्रिया दिनुहोस्