घटस्थापनाको दिनदेखि कपिलवस्तुमा खसीबोका बिक्री हुने क्रम बढेको हो ।
व्यापारीहरुले भारतबाट खरिद गरेर ल्याएका खसिबोका कपिलवस्तुमा जम्मा गरेर देशका विभिन्न भागमा पठाइरहेका छन् ।
व्यापारीहरुलाई खसीबोका खरिद बिक्री गर्न भ्याइनभ्याई भएको छ । कपिलबस्तुबाट व्यापारीहरुले दैनिक १० देखि १३ ट्रकसम्म खसीबोका काठमाडौं पठाइरहेका छन् ।
भारतको बहराईच, कल्पी, सुल्तानपुर, कानपुर लगायतका क्षेत्रका ब्यापारी खसिबोका बिक्रीमा संलग्न छन् ।
भारतीय ब्यापारीले कृष्णनगर नाकाबाट ल्याएर चन्द्रौटामा लाग्ने बजारमा बिक्रीवितरण गर्ने गरेका छन् । यो क्रम आगामी नवमीका दिनसम्म चल्ने छ ।









प्रतिक्रिया दिनुहोस्