Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


चतरा-रामपुर-कञ्चनपुर सडक ५० प्रतिशत कालोपत्रे


0
Shares

सप्तरीतर्फको फत्तेपुर–कञ्चनपुर खण्डको १३ किलोमिटर सडक कालोपत्रे ३ महिना अगावै सम्पन्न भएको थियो ।

चतरा–बसहा खण्डको रामपुर बजारको मध्यभागमा रहेको बरपीपल काट्ने वा नकाट्ने भन्ने विषयमा विवाद हुँदा बजार क्षेत्रको सडक कालोपत्रे हुन सकेको छैन ।

१२ मिटर राईट अफ वे भित्र पर्ने ती बर–पीपललाई अधिकांशले काट्न सुझाव दिए पनि केहीले विरोध गरेका छन् ।

२०६५ साल भदौमा कोशी नदीले पूर्वी तट भत्काएर पूर्व–पश्चिम राजमार्गमा क्षति भएपछि एसियाली विकास बैंकको २ अर्ब ३४ करोड रुपैयाँ लगानीमा ६२ किमी सडक निर्माण थालिएको हो ।

१९ वटा पक्की पुलसहितको ६२ किलोमिटर लामो बैकल्पिक सडक निर्माण शुरु गरिएको भए पनि चतरा–रामपुर–फत्तेपुर–कञ्चनपुर खण्डको ३३ किलोमिटर मात्र कालोपत्रे भएको छ ।

बाँकी यसै वर्षभित्र सम्पन्न हुने निर्माण कम्पनी कालिका कन्ट्रक्सनका प्रवन्धक छत्र अर्यालले जानकारी दिए ।