२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


पोखरामा पाँच जना जुवाडे पक्राउ, काठमाडौंमा अमेरिकी डलरसहित एक चिनियाँ समातिए


0
Shares

जुवा खेलेको सुराकीका आधारमा गएको टोलीले पोखरा लेखनाथ महानगरपालिका–३० पावरहाउसका जीतबहादुर केसीको घरमा जुवा खेलिरहेको अवस्थामा तिनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिए ।

यता, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले ४६ हजार अमेरिकी डलरसहित एक चिनियाँलाई बिहीबार पक्राउ गरेको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हाते सामान जाँच गर्ने क्रममा ड्रक एयरद्वारा भुटान जान लागेकी राहदानी नं जी ३८७७६०८५ वाहक ४१ वर्षीया यानकुन दुवानलाई अमेरिकी डलर ४६ हजार ४८० र चिनियाँ मुद्रा एक हजार ६०० येनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।