११ जेष्ठ २०८२, आइतबार | Mon May 26 2025


बंगलादेशको समुद्री तटमा डुंगा पल्टियो, १४ जना रोहिंग्याको मृत्यु


0
Shares

नदीमा डुबेर ज्यान गुमाउनेमा ९ जना बालबालिका र ५ जना महिला रहेको बंगलादेश प्रहरीले जनाएको छ ।

समुद्रमा डुबेको कुनै वस्तुमा ठक्कर खाएर डुंगा पल्टिएको हो । डुंगामा ४० जना सवार रहेको बताइएको छ ।

पछिल्लो २ दिनमा बंगलादेशमा म्यानमारको रखाइन प्रान्तबाट भागेर २ हजार भन्दा बढी रोहिंग्या बंगलादेश पुगेका छन् ।

म्यानमारमा गत अगस्ट २५ देखि जारी हिंसाका कारण ५ लाखभन्दा बढी रोहिंग्या बंगलादेशमा शरण लिन पुगेका छन् ।(एजेन्सी)