
बिहीबार राति फेरि एकजनाको हत्या भएको छ । यो घटनासँगै निर्वाचनयता जिल्लामा हत्या हुनेको संख्या तीन पुुगेको छ ।
मौलापुुर नगरपालिकास्थित एकजना चिरान मिलधनीको बिहीबार राति हत्या भएको छ ।
मौलापुुर नगरपालिका–५ बजारछेउमा रहेको चिरान मिलका धनी चन्द्रपुुर नगरपालिका–१० बाल्चनपुुर, बरेडवा घर भएका ४५ वर्षीय वीरेन्द्र साहको हत्या भएको प्रहरीले जनाएको छ ।
चिरान मिलछेउमा रहेको भागरित साहको घरको अगाडि सुुतिरहेको अवस्थामा वीरेन्द्र साह शुक्रबार बिहान मृत फेलापरेका हुन् ।
खाटमाथि झुुलभित्र सुुतिरहेका मृतक साहको टाउकामा अज्ञात मानिसले भाला प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए ।
प्रहरी उपरीक्षक पोखरेलकाअनुुसार व्यक्तिगत रिसइबीका कारण साहको हत्या भएको प्रहरीको बुुझाइ छ ।
प्रहरीले केही मानिसलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुुसन्धान गरिरहेको पोखरेलले जानकारी दिए ।
मृतक साहले मौलापुुर बजारछेउमा स्थापना गरेको चिरान मिल केही दिनअघिदेखिमात्र सन्चालनमा आएको थियो ।
यसअघि, परोहा नगरपालिकामा नेपाली कांग्रेसका पराजित वडाध्यक्ष उम्मेदवारका छोरा स्वयव अक्बर र कटहरिया नगरपालिकाका राजपा कार्यकर्ता रामपुुकार यादवको हत्या भइसकेको छ ।
निर्वाचनपछि जिल्लामा चोरीका घटनासँगै ठाउँठाउँमा कुटपिटका घटनासमेत हुन थालेका छन् ।
बिहीबार राति कटहरिया नगरपालिका–५ बजारस्थित राजुु मोबाइल रिपेयरिङ सेन्टर पसलमा ढोका फोडेर ल्यापटप, मोबाइल गरी करिब रु एक लाख ५० हजार बराबरको चोरी भएको पसलधनी अमिन्दर यादवले बताए ।
त्यसैगरी, बुुधबार राति गरुडा बजारस्थित आयुुस्मान ट्रेडर्स पसलको ढोकाको ताला खोलेर चोर समूहले करिब रु १४ लाखको सामान चोरेर लगेको छ ।
प्रहरीको लापरबाहीले यत्रो ठूलो चोरीको घटना भएको भन्दै पसलधनी पवन जयसवालसँगै स्थानीय व्यापारीले बिहीबार गौर, चन्द्रपुर सडकखन्डमा करिब पाँच घन्टा चक्काजाम गरेका थिए ।
प्रहरीले सुुरक्षामा सक्रियता बढाउने शर्तमा दिउँसो २ बजे बाटो खुुलाइएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरीक्षक केशव रेग्मीले बताएका छन् ।
त्यसैगरी, गौर र गरुडामा दुुईओटा मोटरसाइकल पनि निर्वाचनपछि नै चोरी भएको जिप्रका रौतहटको तथ्यांकमा रहेको छ ।
स्थानीय निर्वाचनमा पराजित र विजयी भएका कार्यकर्ताबीच पटक–पटक कुुटपिटका घटना पनि भइरहेका छन् ।
वृन्दावन नगरपालिका, कटहरिया, देवाही गोनाहीलगायत १८ स्थानीय तहका अधिकांश ठाउँमा कार्यकर्ताबीच भनाभन र कुुटपिटका घटना भइरहेको प्रहरीले जनाएको छ ।
प्रजिअ उद्धवबहादुुर थापाले सुुरक्षित वातावरणमा निर्वाचन सम्पन्न भएपश्चात् हार र जितलाई सबैले स्वाभाविक प्रक्रियाकोरुपमा बुुझ्नुुपर्ने बताए ।
दसैं–तिहारमा सबै मानिस आफैंमा व्यस्त हुने भएकाले गस्तीलाई व्यापक बनाउन प्रहरीलाई निर्देशन दिइसकेको प्रजिअ थापाले जानकारी दिए ।
जित–हारलाई सबैले अंगिकार गरी संयमित रहन र चोरीका घटना हुन नदिन प्रहरीसँगै सबै जिल्लावासी सजग रहन प्रजिअ थापाले आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्