२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


आंशिक प्राध्यापक डा. महेश गजुरेल तीन दिनदेखि आमरण अनशनमा


0
Shares

त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय कीर्तिपुरको प्रवेशद्वारमा ६५ दिनसम्म रिले अनशनमा बस्दा पनि सरकारले बेवास्ता गरेकाले आमरण अनशनमा बस्नुपरेको नेपाल आंशिक प्राध्यापक संघले जनाएको छ ।

संघका पूर्वअध्यक्ष शशीकुमार शर्माले त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारसँग २०६३ भदौ ६, २०६५ असोज २१ गते, २०६६ भदौ २१ र २०६९ जेठ ३२ गरी चारपटक सम्झौता भएपनि आजसम्म कार्यान्वयन नभएको र त्यही सम्झौता कार्यान्वयन गर्न सरकारलाई दबाब दिनकै लागि आमरण अनशन बसेको बताए ।

सन् २०११ देखि आंशिक प्राध्यापककोरुपमा काम गर्दै आएकी राजविराजकी कुमारी चौधरीले आंशिक प्राध्यापकले पाउनुपर्ने सुविधापनि नपाएको र समयमै तलब पनि नदिएको गुनासो गरिन् ।