यससँगै इंग्ल्यान्ड सिरिजमा ४–० ले अगाडि रह्यो । पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८८ रन बनाएको थियो ।
त्यसमा एस होपले सर्वाधिक ७२ रन बनाए । जवाफमा इंग्ल्यान्डले ३८ ओभरभित्र खेल आफ्नो पक्षमा पारेको थियो ।
घरेलु टिमले एक विकेट मात्र गुमाएर २ सय ९४ रन बनायो । त्यसमा जोनी बियरस्टोले १ सय ४१ रन बनाए र नटआउट रहे । यस्तै जेसन रोयले ९६ रनको योगदान दिए ।









प्रतिक्रिया दिनुहोस्