२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


आर्सनल र बर्नले विजयी, न्युकासल र लिभरपुल बराबरीमा रोकिए


0
Shares

आफ्नै मैदानमा भएको खेलमा आर्सनलले ब्राईटनलाई २-० ले हरायो । आर्सनलका लागि अलेक्स ईओबी र नाचो मोन्रियालले एक/एक गोल गरे ।

यसैगरी बर्नले एभर्टनलाई उसैको मैदानमा १-० ले पराजित गर्‍यो । बर्नलेका लागि जेफ हेन्ड्रिकले निर्णायक गोल गरे ।

प्रिमियर लिग अन्तर्गत आइतबार राती नै भएको अर्को खेलमा न्युकासल युनाईटेडले लिभरपुललाई १-१ गोलको बराबरीमा राकेको छ ।

न्युकासलको मैदानमा भएको खेलमा पाहुना टोली लिभरपुलका फिलिप कौटिन्होले पहिलो गोल गरे । तर घरेलु टोलीका जोसेलुले एक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् ।