
कावासोती–११ लौगाई घाटमा पौडी खेल्ने क्रममा बुधबार दुईजना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बेपत्ता हुनेमा स्थानीयवासी १० वर्षीय सुमन महतो र ८ वर्षीय सुसन महतो रहेको प्रहरीले जनाएको छ ।
बेपत्ताको स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा खोजी जारी छ । पौडी खेल्न गएका उनीहरु एकाएक नदीमा बेपत्ता भएपछि अन्य साथीले आफन्तलाई खबर गरेका थिए ।
यता, मोरङमा खोल्सामा डुबेर बुधबार बेलुकी एकजनाको मृत्यु भएको छ ।
पथरी–शनिश्चरे–७ को लामाटोली बस्ने ६२ वर्षीय नरबहादुर विश्वकर्माको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
घर नजिकमा रहेको गुहेहोली भन्ने खोल्सामा उनी डुबेको अवस्थामा मृत भेटिएका थिए ।
घटनास्थलमा पुगेको प्रहरीले शव परीक्षणका लागि पठाएको र थप अनुसन्धान गरिरहेको बताइएको छ ।
रासस
प्रतिक्रिया दिनुहोस्