
विशेष सुरक्षाका साथ नवदुर्गा मन्दिर पुगेकी राष्ट्रपति भण्डारीलाई वनमाला गुठीका नाइकेले नवदुर्गा देवगणको प्रसादकारूपमा फूलमाला, बिमिरो र पञ्चरंगी धागो प्रदान गरेका थिए ।
हरेक वर्ष दसैंको कोजाग्रत पूर्णिमाका दिन यो मन्दिरमा राष्ट्रप्रमुखले पूजा–अर्चना गरी प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ ।
आर्थिक अभावका कारण मन्दिरको पूजा–अर्चना रोकिने अवस्था रहेको विषयमा पनि हरेक राष्ट्रप्रमुखहरुलाई अवगत गराएपनि सुनुवाइ हुन नसकेको मन्दिरका पुजारीले राष्ट्रपतिसमक्ष गुनासो पोखेका थिए ।
प्रतिक्रिया दिनुहोस्