Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


अनशनरत् डा. गजुरेलको स्वास्थ्य अवस्थाप्रति ध्यानाकर्षण


0
Shares

‘आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिनुपर्ने माग गर्दै उहाँले यही असोज ११ गतेदेखि आमरण अनशन प्रारम्भ गर्नुभएको छ, अनशनकर्ता डा. गजुरेलको बिग्रँदो स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै अप्रिय अवस्था सिर्जना हुनुअघि नै यसतर्फ सरकारको ध्यान जानुपर्छ’–समाजद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अनशनरत् गजुरेलको पिसाब, रक्तचाप, मुटु र श्वास–प्रश्वासमा समस्या देखिएको छ ।

यसअघि गरिएको ६४ दिनको रिले अनशनबाट माग सुनुवाइ नभएकाले डा. गजुरेलले आमरण अनशन सुरु गरेका हुन् ।

त्रिवि मातहत आंगिक क्याम्पसमा आंशिक प्राध्यापकको एक हजार ४२० दरबन्दी आवश्यक भएको विश्वविद्यालयको एक कार्यदलको प्रतिवेदनमा उल्लेख छ । रासस