
मृतकमध्ये मालारानी–३ का १० वर्षीय अभियान आचार्यको सनाखत भएको छ भने अन्दाजी ३० वर्षीया एक महिलाको पहिचान खुल्न बाँकी छ ।
लु१ख ७५१८ नम्बरको बस दुर्घटनामा परी ३० यात्री घाइते भएका छन् । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ ।
बसमा ५० जनाभन्दा धेरै यात्री सवार थिए । घाइतेको उद्धारमा सेना प्रहरी र स्थानीय जुटेका छन् ।
घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्क ल्याइएको छ । क्षमताभन्दा धेरै यात्री रहेकाले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
गाडी सडकबाट करिब सवा सय मिटर तल खसेपछि रुखमा अड्किएको थियो ।
घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्