
विराटनगर–१५ हुलास, मेटलचोकबाट भारतको अरिया, जोगबनी ग्रामपञ्चायत–१ का १९ वर्षीय दीपककुमार साहलाई इलाका प्रहरी कार्यालय रानी, विराटनगरले पक्रेको हो ।
साहको साथबाट १ लाख ३० हजार रुपैयाँ मूल्य बराबरका करिब २ केजी चाँदीका विभिन्न सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
साहको साथबाट गणेश ‘भगवान’को ९ थान र लक्ष्मी ‘माता’को १० थान चाँदीका मूर्ति, चाँदीका चम्चा १२ थान, लोटा ९ थान, आँचमानी १० थान, छतनी २५ थान र पन्चपात्र ९ थान बरामद गरिएको मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले बताए ।
प्रतिक्रिया दिनुहोस्