
सोमबार दिउँसो काठमाडौंको नयाँबानेश्वर, खरिबोटस्थित घरबाट निस्कनेक्रममा गाडीमा रहेका गौचनमाथि अज्ञात व्यक्तिले गोली हानेका थिए ।
गौचन चढेको गाडीको अगाडिबाट उनीमाथि तीनओटा गोली हानिएको थियो ।
एउटा गोली मुटुमा, एउटा कलेजोमा र एउटा गोली पेटमा लागेका गौचनलाई तत्काल नयाँनेश्वरस्थित सिभिल अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
गौचनलाई गोली हान्ने व्यक्तिको पहिचान हुन नसकेको र आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्