राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशवकुमार बिष्टले खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुको बिदाइ गरे ।
नेपालले आगामी असोज २७ र २९ गते हङकङसँग उसैको भूमिमा दुईओटा एक दिवसीय खेल खेल्नेछ ।
विश्व क्रिकेट लिगको अंकतालिकामा ८ अंकका साथ नेपाल छैटौं स्थानमा छ भने ११ अंक जोडेको हङकङ पाँचौ स्थानमा छ ।
प्रतियोगिताको शीर्ष चार स्थानभित्र अटाउने टोलीले आगामी वर्ष बंगलादेशमा हुने एक दिवसीय विश्वकप क्रिकेट छनोटमा स्थान बनाउनुका साथै चार वर्षका लागि एक दिवसीय टोलीको मान्यता पाउनेछन् ।
अंकतालिकाको शीर्ष चारमा अटाउन नेपाललाई हङकङ र युएईसँग हुने बाँकी चारओटै खेल जित्नैपर्ने दबाब छ ।
पारस खड्काको कप्तानीमा रहेको नेपाली टोली मंगलबार हङकङ प्रस्थान गर्नेछ ।









प्रतिक्रिया दिनुहोस्