२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


काठमाडौंबाट ठूलो परिमाणमा लागुऔषधसहित पाँचजना पक्राउ


0
Shares

दुई किलो अफिम र २२ किलो चरेससहित धादिङका दर्जबहादुर तामाङ र मकवानपुरका राजकुमार मोक्तान सोमबार पक्राउ परेका हुन् ।

ब्यूरोले मंगलबार पत्रकारसम्मेलन गरी तामाङसँग एक किलो अफिम, १२ किलो चरेस, दुई हजार नेपाली रुपैयाँ र तौल गर्ने मेसिन एक थान तथा मोक्तानसँग एक किलो अफिम, १० किलो चरेस, सात हजार नेपाली रुपैयाँ र ५८ हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको जानकारी दिएको छ ।

ब्यूरोका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक ठूले राइले तामाङ र मोक्तान लामो समयदेखि लागुऔषध कारोबारमा सक्रिय रहेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको जानकारी दिए ।

यसैगरी, महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषधसहित अन्य तीनजनालाई पक्राउ गरेको छ ।

प्रभागबाट खटिएको टोलीले बाराबाट काठमाडौं आउँदै गरेको ना७ख ८७९ नम्बरको यात्रुवाहक बसमा लागुऔषध लिएर आउँदै गरेको अवस्थामा बाराका लक्ष्मण शाह, जोगिन्दर सहनी र काभ्रेका गोपाल श्रेष्ठलाई पक्राउ गरेको हो ।

प्रभागका प्रमुख ऋषिराम घर्तिमगरले दुई ओटा झोलामा कम्बलभित्र लुकाएर ल्याएको अवस्थामा प्रहरीले जाँच गर्दा ५६२ एम्पुल लागुऔषध तथा एक हजार ४०८ थान ट्याब्लेट नाइट्रेपाम बरामद गरिएको बताए । रासस