काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले संसदको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्न लागेको हो । आजको बैठकबाट माओवादीले सरकारलाई
शनिबार पार्टी निकट शिक्षक संगठनको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष दाहालले मुलुकको राजनीति प्रतिक्रियावादी र उग्र गुटवादी षड्यन्त्रको ‘क्लाइमेक्स’मा पुगेको टिप्पणी गर्नुभयो ।
संसदीय समितिले बालबालिकाहरू कोभिड–१९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन सुचारु हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
प्रदेश १, प्रदेश २ र बागमती प्रदेशको सत्तासमीकरणमा भने कुनै फेरबदल हुने सम्भावना छैन । ९३ सांसद रहेको प्रदेश १ मा सरकार बनाउन ४७ सांसद चाहिन्छ, जबकी एमालेबाट मुख्यमन्त्री बन्नुभएका
बुधबार राप्रपा काठमाडौं महानगर समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा थापाले संवैधानिक अंगका प्रमुखहरूमाथि नै गम्भीर आरोप–प्रत्यारोप हुनु, एकले अर्कोलाई हिलो छ्यापाछ्याप गर्नुले अहिलेको राज्य व्यवस्थामाथि प्रश्न उठेको बताउनुभयो ।
सिंहले नेपाली कांग्रेसले पाएको जिम्मेवारी सधैँ पूरा गरेको र अहिले पनि पूरा गर्ने बताउनुभयो । मुलुकलाई दुर्घटनाबाट बचाउन ओली सरकारलई हटाउन कांग्रेस आफैँ अग्रसर भएको उहाँको दाबी छ ।
मन्त्री रायामाझीले नेकपा एमालेसँग माओवादीको एकीकरण गराएर दाहालले पार्टी जोगाएको बताउनुभयो । सरकारलाई दिएको समर्थनतर्फ संकेत गर्दै उहाँले आफू सुरक्षित हुनको लागि दाहालले अझै प्रधानमन्त्रीको साथ नछोडेको टिप्पणी गर्नुभयो ।
गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गर्नुभएको विभिन्न विभूषणमा नेपालको नयाँ राजनीतिक तथा भौगोलिक नक्सा प्रयोग भएको थिएन । त्यस विषयमा सामाजिक सञ्जाल, पत्रपत्रिका र सदनमा समेत विरोध भएको छ
काठमाडौं, चैत ३० । प्रधानमन्त्री केपी ओलीले आफूलाई माओवादीको समर्थन नचाहिएको भन्दै फिर्ता लैजान चुनौति दिनुभएको छ । काठमाडौंमा गरिएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो राजिनामा मागेकोमा आपत्ति जनाउँदै भन्नुभयो,