उपसभापति कृष्णप्रसाद सिटौलासँग गठबन्धन गरेर देउवाले आफ्नो प्यानल तयार गर्नुभएको हो । प्यानलमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का उपसभापति उम्मेदवार बनेका छन् ।
यसअघि उनी शेखर कोइरालको प्यानलबाट महामन्त्री उठ्ने प्रयास गरेका थिए । नेता सिंहको प्यानलबाट उपसभापतिमा सुजाता कोइराला उम्मेदवार छन् ।
पार्टीको १४औं महाधिवेशनमा डा. शेखर कोइराला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले रामचन्द्र पौडेलले गणेशमान सिंहको स्थान बनाइसकेको बताउनुभयो ।
सहमहामन्त्रीमा भीष्मराज आङदेम्बे, मान बहादुर विक, डिना उपाध्याय, महेन्द्र यादव, किशोर सिंह राठौर, उमाकान्त चौधरी, फरमुल्लाह मन्सुर र जीवन शाहीले उम्मेदवारीको तयारी गरेका छन् ।
सिंह प्यानलको उपसभापतिमा सुजाता कोइराला हुनुहुन्छ भने बाँकी प्यानलको टुंगो लाग्न बाँकी रहेको उहाँले बताउनुभयो ।
कोइरालाको प्यानलबाट महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजालले उम्मेदवारी दिने पक्का भएको एक कोइरालानिकट एक नेताले जानकारी दिए ।
उहाँले आफूले फिर्ता लिन वा पदको बार्गेनिङ गर्नका लागि सभापतिमा उम्मेदवारी दर्ता नगरेको पनि स्पष्ट पार्नुभयो ।
नेता सिंहले पार्टीलाई गतिशीलता दिन आफूले उम्मेदवारी दिएको पनि स्पष्ट पार्नुभयो । पार्टीलाई ३ सय ६५ दिन नै चलायनमा राख्नुपर्नेमा त्यसो हुन नसकोको उहाँको जिकिर छ ।
युवा पुस्तामाझ लोकप्रिय शर्मालाई संस्थापन पक्षबाटै महामन्त्री उम्मेदवार बनाउने चर्चा थियो । सोही अनुरुप शर्माले देशव्यापी अभियान पनि चलाउनुभएको थियो ।
सिंहले सभापति शेरबहादुर देउवालाई पार्टीलाई विधानअनुरुप नचलाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । पटक–पटक ध्यानाकर्षण गराउँदा पनि नटेर्ने गरेको उहाँको गुनासो छ