Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


बर्दियामा चितुवाको आक्रमणबाट दुई जना घाइते


182
Shares

बर्दिया । चितुवाको आक्रमणबाट बर्दियामा दुई जना स्थानीय घाइते भएका छन्। घाइते हुनेमा राजापुर नगरपालिका–९ इश्वरिगन्जका शिबराज सेजुवाल र गोबिराम बस्नेत रहेका छन्।

प्रहरीका अनुसार मकैबारीमा लुकेर बसेको चितुवालाई लखेट्ने क्रममा उनीहरू घाइते भएका हुन्। चितुवा देखिएपछि निकुञ्जको डाँक टोली बोलाइएको भए पनि टोली अन्यत्र व्यस्त रहेकाले सो स्थान बाट पठाइएको प्रजिअ गोगन बहादुर हमालले जानकारी दिनुभयो ।

भारतीय जंगल नजिकैको क्षेत्र भएकाले चितुवालाई होहल्ला नगरी सुरक्षित रूपमा फर्काउने योजना बनाइए पनि स्थानीयवासी आफैं चितुवालाई धपाउन जाँदा घटना भएको प्रहरीले जनाएको छ।

घाइते सेजुवाललाइ उपचारको लागि नेपालगन्ज लगिएको स्थानीय महेश चौधरीले जानकारी दिनुभयो । घटनापछि उक्त क्षेत्रमा सतर्कता बढाइएको छ ।