Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


‘पाँच मुख भएको खन्चुवा’ले देश बर्बाद पारे : अध्यक्ष ओली

ओलीले सरकार ज्येष्ठ नागरिक भत्ता र कर्मचारीको तनखासमेत खुवाउन नसक्ने अवस्थामा पुग्न लागेको दाबी गर्नुभयो । उहाँले एमालेको पक्षमा जनलहर उर्लिएको भन्दै एमालेलाई जिताउन जनता चुनावको प्रतिक्षामा रहेको दाबी गर्नुभयो

प्रचण्ड-माधव कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउन जन्मेका हुन् : केपी ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाउन जन्मिएको टिप्पणी गर्नुभएको छ ।

वर्तमान सरकार रहिरहे देश बर्बादीतिर धकेलिन्छ : अध्यक्ष ओली

बुधबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधनमा अध्यक्ष ओलीले अहिले देशमा लगानीको कुनै सम्भावना नरहेको उल्लेख गर्दै वर्तमान सरकार रहिरहे देश बर्बादीतिर धकेलिने बताउनुभयो ।

पाँचदलीय गठबन्धन कुहिएको छ : केपी ओली

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित शान्ति निकेतन माविको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बुधबार उहाँले गठबन्धन किन टुट्छ भन्ने विषयमा भने कुनै उल्लेख गर्नुभएको छैन ।

एमालेसँग चुनाव लड्न नसक्ने भएपछि गठबन्धन बनाए : अध्यक्ष ओली

उहाँले भन्नुभयो, ‘एक्लै एमालेसँग लड्न सकिन्न, अस्तिदेखि भन्याभन्यै छ । आज त झनै यति साथी एमाले प्रवेश गरिसक्नुभएको छ । अहिले के भयो होला उनीहरूलाई ।’

निर्वाचनपछि मुलुकमा रामो दिन आउने ओलीको दाबी

सोमबार काठमाडौंमा निर्यात उद्योग व्यवसायी महासंघ नेपालले गरेको कार्यक्रममा अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनपछि आफ्नो पार्टी आउने र मुलुकका लागि राम्रो दिनको सुरुवात हुने बताउनुभएको हो ।

केपी ओलीको पार्टीलाई धुलो चटाउँछौं : अध्यक्ष नेपाल

राष्ट्रिय सभाको निर्वाचनमा पनि एमालेलाई धुलो चटाएइको स्मरण गर्दै नेपालले अब आउने तीन तहको निर्वाचनमा सरकारमा गठबन्धन मिलेर एमाले अध्यक्ष केपी ओलीको अहंकारलाई समाप्त पारिदिने दाबी गर्नुभयो ।

केपी ओलीको खलनायकीपनले विकास र समृद्धिको सपना पूरा हुन पाएन : अध्यक्ष दाहाल

शुक्रबार काभ्रेमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले ओलीको खलनायकीपनले स्थायित्व विकास र समृद्धिको सपना पूरा हुन नसकेको बताउनुभयो ।

एमालेविरुद्ध सबै दलहरू मोर्चा कसेर आउन ओलीको चुनौति

अध्यक्ष ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले सुधार्न नसकेको बताउनुभयो । माओवादीलाई पखालेर बागमती नै मैलिएको उहाँले टिप्पणी गर्नुभयो । युवाहरूले अध्यक्ष दाहाललाई पत्याएर गल्ती गरेको उहाँले बताउनुभयो

गठबन्धन गर्न केपी ओली ज्ञानेन्द्रको निवास पुगे : माधवकुमार नेपाल

‘उनी(ओली) पनि गठबन्धन गर्दैछन् । कोसँग थाहा छ ? सुटुक्क ज्ञानेन्द्रको निवासमा पुग्ने गरेका छन्,’ उहाँले भन्नुभयो, ‘राप्रपासँग साँठगाँठ गर्न खोजेका छन् । विदेशीसँग दलाली गर्न पार्टीसँग तालमेल मिलाउन खोजिरहेका