केपी ओलीको पार्टीलाई धुलो चटाउँछौं : अध्यक्ष नेपाल « Imagekhabar – Online News Portal of Nepal


केपी ओलीको पार्टीलाई धुलो चटाउँछौं : अध्यक्ष नेपाल


3.861k
Shares

सुनसरी । नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी स्थानीय निर्वाचनमा केपी ओलीको पार्टीलाई धुलो चटाउने चेतावनी दिनुभएको छ ।

सोमबार सुनसरीको इटहरीमा आयोजित पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले उक्त चेतावनी दिनुभएको हो ।

अध्यक्ष नेपालले एमालेको सूर्य चिन्हमा ग्रहण लागेको र कलम चिन्ह प्रति जनताको आकर्षक बढेकाले अबको निर्वाचन सरकारमा आबद्ध दलहरूले मात्र विजय गर्ने दाबी गर्नुभयो ।

राष्ट्रिय सभाको निर्वाचनमा पनि एमालेलाई धुलो चटाएइको स्मरण गर्दै नेपालले अब आउने तीन तहको निर्वाचनमा सरकारमा गठबन्धन मिलेर एमाले अध्यक्ष केपी ओलीको अहंकारलाई समाप्त पारिदिने दाबी गर्नुभयो ।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले केपी ओली सरकारको पालामा भ्रष्टाचार भएको भन्दै छानविन गरि दोषी उपर कारबाही हुनुपर्ने बताउनुभयो ।

झापाको गिरी बन्धु टी स्टेटको जग्गा घोटाला काण्डको तत्काल छानविन गरि ओली लगायतका दोषीउपर कारबाही गर्न पनि अध्यक्ष नेपालले माग गर्नुभयो ।