‘‘उहाँहरू तीनजनामध्ये एकजना बन्नुहुन्छ सभापतिको उम्मेदवार । सहमति हुन्छ । यसमा म विश्वस्त पनि छु,’ उहाँले भन्नुभयो ।
भेटमा महामन्त्री कोइरालाले केही दिनअघि सर्लाहीमा गरेको टिप्पणीप्रति सिंहसँग माफी मागेको बताइएको छ ।
पत्रकारहरुसँग महामन्त्री कोइरालाले सभापतिमा दावी गर्ने चार जना बीचमा साझा उम्मेदवार तय गर्न नसके सभापति शेरबहादुर देउवालाई पार्टी बुझाइदिए हुने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘जसरी गिरिजाप्रसाद कोइरालाले विराटनगरमा पुगेर सभापतिका् उम्मेदवारी घोषणा गर्नुहुन्थ्यो, त्यसैगरी म नवलपुरबाट सभापति पदका लागि उम्मेदवारी घोषणा गर्छु ।’
शुक्रवार नवलपुरको कावासोतीमा खुशु फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री डा. कोइरालाले एकता भएकै कारण कांग्रेस बलियो पार्टी भएकाले आगामी महाधिवेशनमा पनि एकता आवश्यक रहेको बताउनुभयो ।
तीन नेताको भेटघाट पार्टी भित्र नयाँ शक्ति र गुट निर्माणका लागि नभइ एकताको लागि भएको एउटा सफल र प्रभावकारी प्रयासको रूपमा बुझ्न पनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।
काठमाडौं, असार २४ । नेपाली कांगेसका महामन्त्री शशांक कोइरालाले क्रियाशील सदस्य नटुंगिएका कारण निर्धारित मितिमै महाधिवेशन हुनेमा आशंका बढेको बताउनुभएको छ । महामन्त्री कोइरालाले पार्टीको क्रियाशील सदस्य नटुंगिएका कारण निर्धारित
काठमाडौं, असार १५ । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले महाधिवेशन र नेतृत्वकै विषयमा नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग छलफल गर्ने निर्णय
संस्थापनका तर्फबाट सभापति देउवाले आउने कार्यकाल पनि आफै नै सभापतिको उम्मेदवार बन्ने घोषणा गरेपछि निधि तीन नेताबीच एकता गर्दै नेतृत्वमा पुग्ने वैकल्पिक बाटो खोज्दै हुनुहुन्छ ।
१३ औं महाधिवेशनमा प्रतिष्पर्धा गरेका नेताहरुले नै आसन्न १४ औं महाधिवेशनमा फेरि उत्रने बताएपछि तीन नेतापुत्र एक ठाउँमा उभिने प्रयासमा जुट्नुभएको हो ।